सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार गरेको भन्दै विकलसहित ६ जनाविरुद्ध मुद्दा दायर

सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार गरेको भन्दै विकलसहित ६ जनाविरुद्ध मुद्दा दायर

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ। आयोगले यसअघि पनि पौडेललगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

आयोगले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सिडिई मेकानिकल नवीनकुमार पाखरेलविरुद्ध मुद्दा दर्ता गरेको छ। गलत मनसाय राखेर नेपाल सरकारलाई हानि–नोक्सानी पु-याउने उद्देश्यका साथ खरिद कार्य गरी रु ४० करोड ७५ लाख ५७ हजार सात सय ४० बराबरको भ्रष्टाचार गरेको आयोगको ठहर छ। आयोगले बिगोबमोजिम थप सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो। 

यस्तै, केन्द्रका तत्कालीन लेखा अधिकृत खड्गबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेविरुद्ध पनि समान बिगो दाबी गरेको छ। म्याक्स इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनविरुद्ध पनि आयोगले समान बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रकाशित: May 12, 2024| 20:21 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्