सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बेसहाराको आश्रयस्थल बन्दै लर्डस होम

 |  सोमबार, वैशाख ३१, २०८१
nespernesper

संगीता राई

संगीता राई

सोमबार, वैशाख ३१, २०८१

सुनसरी- बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो।

triton college

सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई वर्षको नहुँदै आमाले अर्को विवाह गरेपछि उनी आफन्तको सहारामा बस्दै आएका उनी २०७८ सालमा उनको आफन्तको सहयोगमा धरान आइपुगेका थिए। यहाँ आएपछि तामाङले बालगृहमा आश्रम मात्रै पाएका छैनन् उनको पढ्ने रहर पनि पूरा भएको छ।

पाँच कक्षामा अध्ययनरत उनी पढाइमा अब्बल मानिन्छन्। ‘यहाँ मलाई सबैले माया गर्नुहुन्छ। पढाइमा पनि सहयोग गर्नुभएको छ’, उनले भने, ‘हामी सबै जना मिलेर बसेका छौँ।’ तामाङका लागि मात्रै होइन, यतिबेला यो बालगृह उनी जस्तै नौ जनाका लागि आश्रयस्थल बनेको छ।

कुशल गुरुङ घलेले विसं २०७४ मा दर्ता गरी व्यक्तिगत एक करोड २० लाख लगानीमा तीन कठ्ठा जग्गामा बालगृह सुरु गरेका थिए। हाल यस बालगृहमा सरकारी, निजीलगायतका क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उनको भनाइ छ। सबैको साथ र सहयोगका कारण बालगृह सञ्चालनलाई अझ प्रभावकारीरुपमा सञ्चालनमा हौसला मिलेको घलेले सुनाए।

‘बालगृहमा आश्रय खोज्दै आउने बालक बढ्दैछन्, हामीले एक पटकमा २० जनालाई राख्नसक्ने गरी क्षमताको बालगृह बनाएका छौँ’, उनले भने, ‘मुख्य उद्देश्य उनीहरुको पालपोषण र शिक्षादिक्षा राम्रो होस् भन्ने हो।’

Metro Mart
vianet

सात वर्षको उमेरमा धादिङबाट बालगृह आइपुगेका ११ वर्षे सउल तामाङ पनि आफूलाई यहाँ बस्न र पढाइमा कुनै समस्या नभएको सुनाए। यहाँको वातावरण राम्रो हुनुका साथै घले अङ्कलको मायाले आफूहरु खुसी भएको उनले सुनाए।

‘उहाँहरुले हामीलाई निकै मायाका साथ राख्नुभएको छ, कुनै कमी हुन दिनुभएको छैन’, उनले भने, ‘पढ्न, खान र बस्नका लागि कुनै समस्या छैन।’ उनी अहिले कक्षा ६ मा पढ्छन्। पाँच कक्षाको नतिजामा उनी कक्षामा तेस्रो भएका थिए।

बालगृहमा आश्रय लिएकामध्ये बाँकेका १६ वर्षे सन्देश सुनार उमेरका हिसाबले सबैभन्दा जेठो हुन्। उनी अहिले कक्षा ११ मा पढ्छन्। ‘घरमा हुँदा खान पनि समस्या थियो, पढाइ पनि प्रभावित भएको थियो’, उनले भने, ‘यहाँ बस्न थालेपछि धेरै सहज भएको छ। खान र बस्नको चिन्ता छैन। पढाइ पनि सुध्रिएको छ।’

भारतका कश्मिरमा जन्मिएका घले बालगृह सञ्चालनमा आफ्नै विगत पनि जोडिएको बताउँछन्। दुई वर्षको छँदा आमा गुमाएका घलेले बुबाको माया पनि पाएनन्। दुर्घटनामा आमालाई गुमाएपछि बेसहारा बनेका उनको त्यसपछिको बाल्यकाल दिदीको सहयोगमा चितवन बितेको थियो।

‘मलाई पनि सानैमा आमा गुमाएको पीडा छ, त्यो बेला दिदी अभिभावक बन्नुभयो, अहिले म यी अबोध बालकहरुको अभिभावक बन्न पाउँदा खुसी लागेको छ’, उनले भने, ‘कुनै पनि बालक बेसहारा बन्नु नपरोस् भन्ने मेरो चाहना छ।’

उनका अनुसार अहिले बालगृहमा धादिङ, जाजरकोट र बाँकेलगायतका जिल्लाबाट आएका बालकले आश्रय लिइरहेका छन्। बालगृहमा बालकहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको छ। विद्यालयमा पनि उनीहरुले अब्बल बन्दै गएको देखिएको उनको भनाइ छ। बालगृहमा कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीहरु रहेको उनले बताए।

‘बालबालिकालाई राम्रो खान र बस्न मात्रै दिएर पुग्दैन, उनीहरुलाई माया र स्याहारको ठूलो खाँचो हुन्छ, त्यसतर्फ हामी सचेत छौँ, उनीहरुलाई मायाको कमी नहोस् अभिभावकविहीन हुनुपर्दाको दुःख नहोस् भन्नेमा ख्याल राखेका छौँ’, घलेले भने। उनले भविष्यका कर्णाधार भनिने बालबालिकालाई आवश्यक सहयोग गरिरहेको र उनीहरुको आवश्यकताअनुसार सबै सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको बताए।

जिल्ला प्रशासन कार्यालय सुनसरी, ललितपुर पुलचोकस्थित राष्ट्रिय बाल अधिकार परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेशमा सूचीकृत भई बालगृह सञ्चालनमा ल्याइएको हो। पछिल्लो समय बालगृहमा जनप्रतिनिधि, समाजसेवीलगायतले समय समयमा सहयोग गर्दै आएको उनको भनाइ छ।

बालगृह निर्माणका क्रममा धरान उपमहानगरपालिकाका वडा नं ४ को कार्यालयले प्रवेशद्वारा निर्माण गरिदिएको थियो भने धरानका जनप्रतिधिहरुले श्रमदान गरेका थिए। साथै धरानस्थित सियोन स्कुलले ७० हजार सहयोग गरेको थियो। साथै धरान उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख हर्कराज साम्पाङ राईले तीन सय ३७ ट्याक्टर ढुङ्गा उपलब्ध गराएका थिए। घले सन् २०१८ मा नेपाल सरकार र ‘द लाइट हाउस फाउण्डेसन’ नेपाललगायत दर्जनौँ सङ्घसंस्थाबाट पुरस्कृत भइसकेका छन्।   -रासस

प्रकाशित: May 13, 2024| 09:01 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्