शुक्रबार, पुस ११, २०८२

खोलाले बगाउँदा एक जनाको मृत्यु

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

कपिलवस्तु- वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ। 

National life

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो। 

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए। 

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल शव फेला परेको रायमाझीले बताए।

प्रकाशित: May 12, 2024| 14:42 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्