सोमबार, भदौ ८, २०८३

बस जलाएको जिम्मा मोहन वैद्य निकट विद्यार्थी संगठनले लियो

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- चितवनको स्मल हेभन बोर्डिङ स्कुलको बस पेट्रोल बम प्रहार गरेर जलाएको जिम्मा नेकपा माओवादी क्रान्तिकारी मोहन वैद्य निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले लिएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)ले जारी गरेको विज्ञप्तिमा शैक्षिक माफियाहरूले निःशुल्क शैक्षिक कार्यक्रम ल्याउन बाधक बनेको भन्दै बसमा आगजनी गरेको उल्लेख गरिएको छ। सो संगठनका अध्यक्ष मिलन राई छन्।

पेट्रोल बम प्रहारपछि बस पूर्ण रूपमा जलेको छ। आइतबार बिहानै विद्यार्थी बोक्न गएको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा आगजनी भएको थियो।

बम प्रहार गर्दा बस चालक र सहचालक थिए। मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीहरुलाई निकालेर बसमा आगो लगाएका थिए। स्कुलका सञ्चालक उमेश श्रेष्ठ हुन्।

bus-aagjani-(4)-1715498638-1715501064.jpg
 

प्रकाशित: May 12, 2024| 13:49 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्