सोमबार, भदौ ८, २०८३

श्रीमती खाटमा मृत फेला, श्रीमान् दलानमा झुण्डिए

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- सल्यानमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। बनगाड कुपिण्डे नगरपालिका–४ देउलीमा श्रीमान् र श्रीमती मृत फेला परेको जिल्‍ला प्रहरी कार्यालयले जनाएको छ।

३२ वर्षीया कमला बुढा घरको माथिल्लो तलामा रहेको खाटमा मृत फेला परेकी छन्। उनको घाँटीमा चोट रहेको प्रहरीले जनाएको छ। उनका ३४ वर्षीय श्रीमान् मनोज बुढा घर बाहिर दलानमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। श्रीमानले श्रीमतीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

दम्पतीका तीन जना छोरा घटना हुँदा घरमै रहेको प्रहरीले जनाएको छ। उनीहरूका ९, ७ र ४ वर्षका छोरा छन्। मनोजको मानसिक स्थिति ठिक नभएको र उनले औषधी सेवन गर्ने गरेको स्थानीयले प्रहरीलाई बताएका छन्।

प्रकाशित: May 12, 2024| 12:58 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्