चितवनमा अज्ञात समूहले स्कुल बसमा आगजनी गरेको छ। आइतबार बिहान सवा ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २० दद्रेनी नजिकै विद्यार्थी लिन जान लागेको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्मल हेभन स्कुलको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा आगजनी भएको हो। मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा आगजनी गरेको हो। चालक र सहचालकमात्रै रहेको बसमा उनीहरूलाई ओरालेर आगजनी गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।