शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सहकर्मीकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा उपसचिवविरुद्ध मुद्दा

सहकर्मीकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा उपसचिवविरुद्ध मुद्दा

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहमाथि बलात्कार मुद्दा दर्ता भएको छ।

National life

०८० चैत ३० मा साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएकी थिइन्। सो जाहेरी ०८१ वैशाख ३ मा दर्ता भएको छ र आरोपित उपसचिव साह वैशाख १८ गतेदेखि कार्यालय आएका छैनन्।

उजुरी दर्ता भएपछि धनुषा प्रहरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र काटेर आरोपी उपसचिव साहको तीन पुस्तेसहित विवरण माग गरेको बताइएको छ। प्रहरीले साह कार्यरत पद, मन्त्रालयको क्वार्टरमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी उनी कार्यालयमा कार्यरत रहेको हो/होइन सहितका जानकारी मागिएको छ। साह अहिले सम्पर्कविहीन छन्।

पीडित महिला मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीकी श्रीमती भएको बताइएको छ। श्रीमान् बाहिर गएको मौका छोपर ०८० माघ १८ गते आफूलाई नशालु पदार्थ खुवाई उपसचिव साहले बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन्। त्यस दिन खिचेको भिडियो र देखाएर आफूलाई ब्ल्याकमेल गर्दै पटक-पटक बलात्कार गरेको जाहेरीकर्ताले बताएकी छन्।

एसिड हालेर अनुहार बिगारिदिने, ज्यान मारिदिने लगायतका धम्की देखाई पटक-पटक जबर्जस्ती गरेको उनको आरोप छ। बलात्कारका क्रममा आफू गर्भवतीसमेत भएको ती महिलाको दाबी छ। उपसचिव साहकी पत्नी, सासू र ससुराले घरमा आई गर्भ तुहाउन दबाब दिएको र नमान्दा निर्ममतापूर्वक आफू र आफ्नो पतिलाई कुटपिट गरिएको जाहेरीमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 12, 2024| 12:35 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्