बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नोटमा चुच्चे नक्शाबारे बोलेका राष्ट्रपतिका सल्लाहकार नेपालले राजीनामा दिए

नोटमा चुच्चे नक्शाबारे बोलेका राष्ट्रपतिका सल्लाहकार नेपालले राजीनामा दिए

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।

सरकारले एक सय रुपैयाँको नोटमा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्शा छाप्ने निर्णय गरेपछि त्यसलाई उनले ‘अविवेकी’ निर्णय भनेर आलोचना गरेका थिए। नेपालको अभिव्यक्तिलाई लिएर विरोध भएपछि उनले राजीनामा दिएका हुन्।

उनको राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: May 12, 2024| 12:17 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्