बिहीबार, जेठ २१, २०८३

बत्तीसपुतलीमा ग्याङ फाइट, एक युवकको ज्यान गयो

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

उनले भने, “गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।”

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए।
 

प्रकाशित: May 12, 2024| 09:36 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्