बिहीबार, जेठ २१, २०८३

वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओड प्रहरी हिरासतमा 

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१
National life
Shivam cement

काठमाडौं- गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्।

उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। त्यतिबेला ओड नेपालमा थिएनन्। 

स्वदेश फर्केपछि गत बिहीबार उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। उनीमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।‘४ दिनदेखि हिरासतमा छन्। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने।  

प्रकाशित: May 12, 2024| 09:16 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्