आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पर्सामा किशोरी बलात्कृत: अभियुक्तको आपराधिक पृष्ठभूमि, डीएसपीको भूमिका शंकास्पद

पर्सामा किशोरी बलात्कृत: अभियुक्तको आपराधिक पृष्ठभूमि, डीएसपीको भूमिका शंकास्पद

 |  आइतबार, वैशाख ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

vianetvianet

काठमाडौं- पर्सामा १३ वर्षकी किशोरीमाथि भएको बलात्कारको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएको छ। जिल्लाको कालिकामाई गाउँपालिका-३ हरिपुर विर्ताकी किशोरीमाथि बलात्कार भएको एक साता बित्दा पनि प्रहरीमा जाहेरी दर्ता भएको छैन, न त पीडित किशोरीको स्वास्थ्य परीक्षण भएको छ। 

ती दलित बालिकालाई उनकै छिमेकका ५० वर्षीय बनारसी महतो केवटले गत वैशाख २२ गते शनिबार राति बलात्कार गरेको घटना सार्वजनिक भएको हो। राति ११:३० बजेतिर आफ्नै आँगनमा रहेको चापाकलमा पानी लिन घरबाट बाहिर

निस्किएका बेला छिमेकका केवटले मुख थुनेर बाँसघारीमा लगेर नशालु पदार्थ सुँघाई बेहोश बनाएर बलात्कार गरेको पीडित किशोरीको भनाइ छ। भोलिपल्ट बिहान छिमेकका महिलाहरूले उनलाई बाँसघारीमा अचेत अवस्थामा देखेका थिए। उनी अर्धनग्न अवस्थामा अचेत फेला परेकी थिइन्। 

पीडक केवटले आफूले बलात्कार गरेको स्वीकार गर्दै एक लाख रुपैयाँ लिएर चुपचाप बस्न धम्की दिएको पीडित परिवारको भनाइ छ। घटना भएदेखि नै केवट फरार छन्। 

आरोपित केवटको आपराधिक पृष्ठभूमि छ। प्रहरी रेकर्डका अनुसार २०६३ सालमा उनी भारतका एक सरकारी इन्जिनियरको अपहरण गरेर ८ लाख फिरौती रकमसहित पक्राउ परेका थिए। त्यसपछि उनको घरमा छापा मार्दा चरेश फेला परेको थियो। दुवै मुद्दामा १० वर्ष जेल सजाय काटेर निस्किएका केवट पछिल्लो समय गाँजा तस्करीमा संलग्न रहेको स्थानीय जानकार बताउँछन्। 

National life insurance

पर्सामा तस्करसँग प्रहरीको साँठगाँठ हुनु नौलो कुरा होइन। विगतमा पनि प्रहरीले पैसा खाएर अपराधीलाई जोगाएको आरोप लाग्ने गरेको थियो। अहिलेको घटनामा पनि जिल्लाका डीएसपी कुमारविक्रम थापाको भूमिका शंकास्पद देखिएको छ। उनले आरोपित केवटलाई जोगाउन खोजेको पीडित पक्षको आरोप छ।

पर्सा प्रहरी स्रोतका अनुसार जाहेरी दर्ताका लागि पीडित पक्ष प्रहरी कार्यालय पुग्नुअघि नै पिडक निकटका व्यक्तिहरुले डीएसपीलाई भेटेका थिए। 'घटना भएको दुई दिनपछि दिउँसो २ बजे पीडित पक्ष जाहेरीका लागि पुगेका थिए। तर त्यही दिन बिहान ८ बजे पीडितका दलालहरुले डीएसपीलाई भेटेका थिए। उनीहरुले दुई घण्टा कुरा गरेका थिए,' स्रोतले भन्यो। 

त्यसबेला जिल्ला प्रहरी प्रमुख एसपी भने बिदामा थिए। किशोरीको मेडिकल गराएपछि मात्र जाहेरी लिने भन्दै उनले पीडित पक्षलाई फर्काइदिएका थिए। किशोरीको मेडिकलका लागि डीएसपी थापाले हवलदार जितन चौरसियालाई पठाएका थिए जो आरोपित बनारसी महतो केवटका मित हुन्। चौरसिया केवटकै गाउँका बासिन्दा पनि हुन्। 

पीडित किशोरी दलित परिवारकी हुन्। पीडक महतोको राजनीतिक पहुँच भएको र प्रहरीमा पनि प्रभाव राख्ने भएकोले पीडितको पक्षमा कोही नदेखिएको र प्रहरीको प्रभावकारी अनुसन्धानमा पनि शंकार रहेको स्थानीय नागरिक अगुवा बताउँछन्।  

प्रकाशित: May 12, 2024| 06:58 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्