शुक्रबार, पुस ११, २०८२

बागलुङको लाम्मेलामा आगलागी

 |  शनिबार, वैशाख २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २९, २०८१

National life
Laxmi sunrise bank
kumari

बागलुङ- जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका  छन्।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले  निभाउने प्रयास गरेका थिए। 

गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए। घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने आशङ्का उनले व्यक्त गरे।

प्रकाशित: May 11, 2024| 11:01 शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्