शुक्रबार, पुस ११, २०८२

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

नवलपरासी- पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा सुस्ता गाउँपालिका–५ तरैनीका १३ वर्षीय गोलु (राहित) कँकर रहेका छन्। 

National life

सुस्ता–३ स्थित विगैपको भित्री सडकखण्ड कुडियादेखि रतनगञ्ज जाँदै गरेको लु ३ त २८४ नं.को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा कँकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

घाइते भएका कँकरलाई उपचारका लागि जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहराले बताए। 

यसैगरी ट्याक्टर दुर्घटनामा सुस्ता–४ नर्सहीका २१  वर्षीय सुकई मल्लाह गम्भीर घाइते भएका छन्। उनलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: May 10, 2024| 21:25 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्