आइतबार, जेठ २५, २०८२

सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

 |  शनिबार, वैशाख २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २९, २०८१

vianetvianet
National life insurance

सिरहा- सदरमुकाम  सिरहामा रहेको कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी  राखिएको पाइएको छ।

सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिरहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र चार सय ८० जना पुरुष कैदी थुनुवा गरी कूल पाँच सय आठजना राखिएका छन्। 

उनका अनुसार कारागारमा दुई सय ५१ पुरुष र १५ महिला कैदी तथा दुई सय २९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन्।  २०२८ मा स्थापित सिराहा कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कूल एक सय ५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कैदी बन्दीले गुनासो गरेका छन्। क्षमताभन्दा बढी बन्दी रहदा शौचालय, खानेपानी लगायतको समस्या रहेको पनि उनीहरुले गुनासो गरेका छन्।

प्रकाशित: May 11, 2024| 07:01 शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्