सोमबार, जेठ ७, २०८१

कैलालीका सीमा नाका सोमबारसम्म बन्द हुने

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

कैलाली- भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन्। भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन्।

triton college

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

‘यही वैशाख ३१ गते खिरीमा लोकसभा निर्वाचन हुँदै छ, मतदान समाप्त नहुँदासम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार भएको छ,’ उनले भने, ‘उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज (शुक्रबार) साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द हुनेछन्।’

सुरक्षा संवेदनशीलताका कारण सो अवधिमा आवतजावत पूर्ण रूपमा बन्द रहने उनले जानकारी दिए। 

प्रकाशित: May 10, 2024| 17:31 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्