शुक्रबार, पुस ११, २०८२

सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

गलकोट- कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ।

National life

सडक विस्तारका लागि उक्त सडक दिनभर बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जेठ ४ गतेसम्मका लागि बागलुङ-बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासनले जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा उक्त सडकखण्डअन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मतकार्य भइरहेकाले सडक बन्द हुने उल्लेख छ।

बन्द अवधिभर मालढुङ्गा-बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। बागलुङ-बेनी सडक १४ किलोमिटर लामो छ। रत्नेचौरबाट बेनीसम्मको सडक विस्तार भइसके पनि बागलुङबाट रत्नेचौरसम्मको सडक विस्तार हुन सकेको थिएन।

बागलुङ बेनी सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरअन्तर्गत हाल विस्तार भइसकेको मालढुङ्गा-बेनी सडक प्रयोग गर्न सकिने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2024| 22:01 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्