शुक्रबार, पुस ११, २०८२

जंगलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

भरतपुर- पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जंगलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको छ। 

National life

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजोदेखि प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन सञ्चालन गर्न निषेध गरेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुरेश सुवेदीले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको भन्दै न्यूनीकरणका लागि तीव्र गति र ओभरटेक निषेध गरिएको बताए। उनले जंगल क्षेत्रमा उक्त नियम लागू भएको भन्दै नियमितरुपमा सवारी चालकलाई सचेतना प्रदानसमेत गरिने जानकारी दिए।

हिजो ट्राफिक प्रहरीले गोन्द्राङ चेकपोइन्ट नजिक सवारी साधन रोकेर चालकलाई सचेतना प्रदान गरेको थियो। त्यसक्रममा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा पर्चा वितरण गरिएको थियो। ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी गराउनुका सथै तीव्र गतिमा सवारी साधन नचलाउन अनुरोधसमेत गरेको थियो। 

'यो सडकमा तीव्र गति र ओभरटेक गरी सवारी चलाएको कारण दुर्घटना धेरै भएको अध्ययनले देखाएको छ', प्रहरी निरीक्षक सुवेदीले भने, 'दुर्घटना कम गर्न ओभरटेक नगर्न र प्रतिघण्टा ४० किमीभन्दा बढीको गतिमा सवारी नचलाउन हामीले सवारी चालकलाई सचेतना प्रदान गरेका छौँ।' उनका अनुसार सडक डिभिजनले टिकौली जंगलभित्रको राजमार्गमा सेतो सीधा रेखा कोरेको छ। जुन रेखाले ओभरटेक गर्न नहुने संकेत गर्छ। 

Laxmi sunrise bank
kumari

ट्राफिक प्रहरीले बेला-बेलामा टिकौली जंगलमा राडर गनको प्रयोग गरी सवारी साधनको गति मापन गर्दै आएको प्रनि सेवेदीले जानकारी दिए। तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही हुँदै आएको उनले बताए। रासस

प्रकाशित: May 10, 2024| 20:31 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्