शुक्रबार, पुस ११, २०८२

रामेछापको ४५ सय हेक्टर वन डढेलोले सखाप

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

रामेछाप- एक महिनामा रामेछाप आठवटा स्थानीय तहका १ सय ५५ स्थानमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ। सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ।

National life

उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १ सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ।

धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन्। यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन्।

यसैबीच स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ। वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ। रासस

प्रकाशित: May 10, 2024| 19:31 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्