बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय निकुञ्जमै गैंडा असुरक्षित, १० महिनामा कालगतिले मरे १९ वटा

राष्ट्रिय निकुञ्जमै गैंडा असुरक्षित, १० महिनामा कालगतिले मरे १९ वटा

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्। चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।

National life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन्।

गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन्। संख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए।

उनले भने, 'घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ।' यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनले बताए।

गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैँडा मरेको थियो। हाल निकुञ्जमा ६ सय ९४ गैँडा छन्।

Shivam cement

दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ। रासस

प्रकाशित: May 10, 2024| 19:01 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्