शुक्रबार, पुस ११, २०८२

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। 

National life

निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

उनका अनुसार समितिलाई निगमको जहाजको इञ्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)मा मर्मत संभार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इञ्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। 

निगमको न्यारो बडी जहाजको इजरायलमा इञ्जिन मर्मत गर्न करिब पाँच महिना लागेको थियो। निगमको उक्त जहाज मर्मतपछि अहिले नियमित उडानमा छ।

प्रकाशित: May 10, 2024| 16:01 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्