शुक्रबार, पुस ११, २०८२

आफ्नै श्रीमतीका अश्लील तस्बिर फेसबुकमा हालेपछि...

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- आफ्नै श्रीमतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

National life

प्रहरीको केन्द्रीय साइबर ब्युरोले मकवानपुरको छतिवन-७ चुलुंगा स्थायी घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार आफू विदेशमा रहेका बेला ह्वाट्सएपमा कुराकानी गर्नेक्रममा आदानप्रदान भएका श्रीमतीका गोप्य अंगका तस्बिरहरु फुर्साङले नक्कली अकाउन्ट बनाएर स्टोरीमा हालेका थिए।

फुर्साङलाई अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 10, 2024| 13:40 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्