मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा ९ महिना बन्धक बनेर फर्किए

अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा ९ महिना बन्धक बनेर फर्किए

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर छोडिएको नेपाल प्रहरीले बताएको छ।

triton college

उनीहरु नेपाल फर्किएपछि उनीहरुको उजुरीका आधारमा ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ। पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका- १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।

पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याई बन्धक बनाएका थिए। गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका थिए।
प्रहरीले पक्राउ परेको गिरोहले अन्य १७ जना नेपालीलाई क्यानाडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको बताइएको छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: May 10, 2024| 12:56 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्