सोमबार, जेठ ७, २०८१

शिक्षक महासंघको अध्यक्षमा सुवेदी

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ । सुवेदी यसअघि महासंघको महासचिव थिए।

triton college

यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो । महासंघको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशनमा भाग नलिएपछि विवाद  भएको हो ।

विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले भाग लिएको थिएन । सहमति जुट्न नसकेपछि संगठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासंघको नेतृत्व चयन गरिएको र संगठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

महासंघको सदस्यता नवीकरण, विद्यालयमा  नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको संगठनका महासचिव हंशबहादुर शाहीले बताए।

प्रकाशित: May 10, 2024| 11:51 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्