मंगलबार, वैशाख १, २०८३

फेरि विश्वकै उत्कृष्ट ५० मा एलओडी क्लब

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं- काठमाडौंको ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट ५०औं स्थानमा परेको छ। केही समयअघि 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको क्लब फेरि उत्कृष्ट ५०औं स्थानमा परेको हो। 

National life

युकेस्थित डिजे म्यागले छनोट गरेको सूचीमा सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औं स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२  औं स्थानमा परेको थियो।

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।

यसअघि सन् २०२२ का लागि 'एलओडी' सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो। 

सरकारले पछिल्लो समय ठमेललाई २४ घण्टा खुला गर्ने अनुमति दिएसँगै ठमेलका व्यवसायी पनि उत्साहित छन्। एलओडी क्लब आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ।

kumari

प्रकाशित: May 07, 2024| 16:23 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्