बिहीबार, असार ४, २०८३

ट्रेलरमा यस्तो देखियो 'पुजार सार्की'

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं- नेपाली फिल्म 'पुजार सार्की' को ट्रेलर सार्वजनिक भएको छ।

National life

फिल्ममा पल शाह, आर्यन सिग्देल, प्रदीप खड्काको मुख्य भूमिका रहेको छ। विकास सुवेदीको लेखन तथा दिनेश राउतले निर्देशनमा बनेको फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप दलित युवाको भूमिकामा छन् भने पल क्रान्तिकारी चरित्रमा देखिएका छन्।

फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायत कलाकारको पनि अभिनय छ।

यो फिल्म यही जेठ १० गतेदेखि प्रदर्शन हुनेछ।

Shivam cement

प्रकाशित: May 07, 2024| 15:36 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्