शुक्रबार, पुस ११, २०८२

डिभोर्स गर्न गएका दम्पती अदालतभित्रै कुटपिटमा उत्रिएपछि...

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

तम्घास- गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् । 

National life

उनीहरु सम्बन्ध विच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका थिए। न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीशकहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ भने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए । हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेँसीकी मनसुवाबीच छ वर्षपहिले विवाह भएको थियो ।

श्रीमान-श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्। उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो । 

प्रकाशित: May 06, 2024| 21:45 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्