सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मालपोत कार्यालयका सुब्बा घुस रकमसहित अख्तियारको नियन्त्रणमा

मालपोत कार्यालयका सुब्बा घुस रकमसहित अख्तियारको नियन्त्रणमा

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

उनले जग्गा नामसारी गर्ने गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस रकम मागेका थिए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: May 06, 2024| 20:56 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्