शुक्रबार, पुस ११, २०८२

आमाहरुको उद्यम मातृशक्ति सर्फ उद्योग

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

तनहुँ- तनहुँको भीमाद नगरपालिका-६ का ३६ जना महिलाले सामूहिकरुपमा सर्फ उद्योग सञ्चालन गरेका छन्। भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सर्फ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन्। 

National life

महिलाले सामूहिकरुपमा सर्फ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फ उन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन्। २५ हजार रुपैयाँका दरले लगानी गरेर उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन्।

'सुरुमा करिब २५ लाख रुपैयाँ लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ', अध्यक्ष पौडेलले भनिन्, '३० प्रतिशत लगानी समूहका सदस्यले गरेका हौँ।'

विसं २०५३ मा स्थापना भएको उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति २५ हजार रुपैयाँ लगानी गरेसँगै गरपालिकाले सर्फसम्बन्धी तालिम दिएपछि उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

उद्योगमा सात जनाले रोजगारी पाएका छन्। काठमाडौंबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्रीवितरण गर्दै आइएको समूहका सचिव सीता सुवेदीले बताइन्। 

Laxmi sunrise bank
kumari

आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हौँ', उनले भने, 'भीमाद बजार र आसपासका क्षेत्रमा मागअनुसार सर्फ उत्पादन गर्दै आएका छौँ। अहिले बजार पनि विस्तार गर्दै गएका छौँ।' उनका अनुसार प्रतिकिलो दुई सय र तीन सय ५० गरी दुईथरीका सर्फ उत्पादन हुँदै आएको छ।

दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकामा गत असोजदेखि सर्फ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिइन्। 'आधा किलोग्रामको प्याकेटमा पनि सर्फ उत्पादन गर्ने योजना समूहको छ। घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने व्यवस्था मिलाएका छौँ', उनले भनिन्। 

सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाँडफाँट गर्ने गरिएको सचिव सुवेदीले बताइन्। स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यकपर्ने सर्फ आयातमा कमी आएको उनको भनाइ छ। उत्पादित सर्फलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उनले जानकारी दिइन्। 
  
भीमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सर्फ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताए। उनका अनुसार राम्रो, गुणस्तर र अन्य कम्पनीको तुलनामा सस्तो मूल्य भएकाले अधिकांशले यही सर्फ प्रयोग गर्दै आएका छन्। यहाँ उत्पादित सर्फ स्थानीयस्तरमा बढी माग र खपत हुने गरेको बताइएको छ। रासस

प्रकाशित: May 06, 2024| 21:01 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्