काठमाडौं- नेपालमा वार्षिक रूपमा ०.९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ।
जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा दुई करोड ९२ लाखको हाराहारीमा जनसंख्या रहेको जनाएको छ।
जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा तल रहेको कार्यालयका जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले बताए। यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो। २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो। सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको उनले बताए।
नेपालमा हाल दुई करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या छ। ०.९२ को दरले वार्षिक रूपमा जनसंख्या वृद्धिदर भइरहेको छ। जनसंख्या वृद्धिदर वार्षिक रूपमा एक प्रतिशतभन्दा तल छ। करिब ८० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलोपटक हो। २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो। सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशत भएको छ।
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ। त्यो बाहेकको परिवार संयुक्त परिवार हो। परिवारको संरचनाले पनि हरेक कुराहरू आर्थिक तथा सामाजिक संरचनामा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ। नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन्। ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन्। मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ। वाग्मतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा वाग्मती अन्तिममा पर्छ।
एक वर्षमा शिशुहरूको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मसर्त जन्म भएको देखिन्छ। जन्मिने हिसाबको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ। गण्डकीमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ। यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ। प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ। यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ।
कोरा जन्मदर घट्दो क्रममा छ। २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ। ०६८ मा २२.४ थियो भने आठजनाको दरले यो अवधिमा घटेको छ।
एउटा (१५—४९) वर्षका महिलाले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरूको संख्या एकजना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरू जन्माउँछन्। सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो। कर्णालीमा १०० जनामा ७९ महिलाहरूले छोरी जन्माएको देखिन्छ। सबैभन्दा कम छोरीहरूको जन्म वाग्मती प्रदेशमा भएको छ।
छोरीहरूको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ। सोहीअनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताए। प्रतिहजार महिलाहरूमा २२२ शिशु वाग्मती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार महिलामा ४०१ जना जन्मिने गरेका छन्।
१५ देखि ४९ वर्षका उमेरका महिलाहरूले बच्चा जन्माउने औसत उमेर कर्णाली प्रदेशमा करिब २७ वर्ष (२६.९) रहेको छ। त्यस्तै, वाग्मतीमा २८.४ छ। उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ। अहिलेको प्रजनन् दर १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ।
सरदर एउटा महिलाले २.१ (१० जना महिलाले २१ वटा बच्चा) जन्मायो भने प्रतिस्थापन स्तर (रिप्लेसमेन्ट लेभल)मा जान्छ। नेपालमा रिप्लेसमेन्ट लेभलभन्दा दर तल गएको छ। प्रजनन् दर अहिले दुईभन्दा तल गएको अवस्था छ। राज्यले यस विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेको भनाइ छ।
प्रतिएक हजारमा सबैभन्दा बढी मृत्यु गण्डकी प्रदेशमा ८.२५ (हजारमा ९ जना), कोसी र वाग्मती प्रदेश रहेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा छ। त्यहाँ कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ। मधेसमा मृत्युदर कम भएको देखिन्छ। २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ। २०३८ मा १३.५ जनाको मृत्यु भएको थियो।
लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ। एक हजार लाइफ बर्थमा कति बच्चाको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरूको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ। त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ।
सबैभन्दा कम गण्डकी प्रदेश र वागमती प्रदेशमा छ। जिवित जन्ममा एक वर्ष नबित्दै एक हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ। पुरुष र महिलामा बालबालिकाको हिसाबमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ। छोराको बढी छ। मधेसमा एक हजार जनामा १८ छोरीको मृत्यु र २३ छोराहरुको मृत्यु भएको छ। गण्डकी प्रदेशमा १२ छोराको मृत्यु हुँदा ११ छोरीको मृत्यु भएको देखिन्छ। छोराहरूको मृत्युदर सबै उमेर समूहमा बढी छ।
२०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार भएको छ। २०६८ मा एक हजार जना शिशुहरूमध्येमा जन्मिएका शिशुहरूमा ४० जनाको मृत्यु भएको देखिन्छ। अहिले १७ मा पुगेको अवस्था छ। शिशु मृत्युदरमा सुधार भएको छ।
अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ। पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युको अन्तर बढ्दै गएको छ। करिब पाँच वर्षले फरक छ। सबैभन्दा बढी कर्णालीमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन्। सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोसीमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेसमा ७१.८, गण्डकीमा ७२.१, वाग्मतीमा ७२.४ रहेको छ।
कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ। सबैभन्दा कम महिलाहरूको औषत आयु लुम्बिनीमा ७२.५ वर्ष रहेको छ। हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो।
गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ जना बसाइँ सरेका छन्। यो पाँच वर्षको तथ्यांक हो। वाग्मती प्रदेशमा करिब एक लाखमा ५४ जना बसाइँ सरेको तथ्यांकले देखाएको छ। कर्णालीमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोसी प्रदेश छ।