आइतबार, जेठ २५, २०८२

जापान जाने लोभमा दुई दलालबाट २१९ जना ठगिएपछि...

 |  शुक्रबार, वैशाख २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

vianetvianet

काठमाडौं- जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नागरिकता दुरुपयोग गरी करिब २ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार सार्वजनिक गरेको छ।​

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन्। कार्यालयका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै २१९ जनालाई ठगी गरेका थिए।

साथै उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेसन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:
प्रहरी कार्यालयमा पक्राउ पुर्जी प्राप्त हुनुभन्दा अगाडि नै सो सम्बन्धमा रामेछाप जिल्ला लिखु तामाकोशी गा.पा. वडा नं. ०१ घर भई ललितपुर महानगरपालिका वडा नं. २४ बस्ने ललितपुर जिल्ला ल.म.न.पा. वडा नं. ०५ कुमारीपाटीमा सन् २०१४ देखि सञ्चालनमा रहेको Neem Educational Consultancy का सञ्चालक दिप बहादुर तामाङ समेतले Niyoni Education Pvt.Ltd. को संचालक नारायण बहादुर राई समेतको विरुद्धको उजुरी प्रहरी कार्यालयमा प्राप्त हुन आएको।

National life insurance

राजन श्रेष्ठले नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी तथा निजको नाम ठेगाना प्रयोग गरी NIYONI EDUCATION & VISA SERVICE नामको कन्सल्टेन्सी पुतलीसडकबाट जापान Working Visa मा पठाउने भनी ४ लाख देखि ७ लाख सम्म उठाउने गरेको। उक्त कार्यमा ईश्वरी पाण्डेले पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी खाता समेत खोली रकम राख्न लगाई आफैं निकाल्ने गरेको।

Niyoni Education Pvt.Ltd. को संचालक आफू नारायण बहादुर राई नाम गरेको व्यक्ति भएको र जापान जाने विभिन्न मानिसहरुलाई आफ्नो (नारायण बहादुर राईको) सानिमा बैंकको र पर्वराज भन्ने ईश्वरी पाण्डेकोकामना विकाश बैंकको खातामा २०० भन्दा बढि व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई उक्त रकम निजहरुलेATM Card,Connect IPS तथा चेक मार्फत् रकम निकाली दुरुपयोग एवम् ठगी गरेको ।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायण बहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा KYC फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथैKYC फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले Verify नगरी खाता खोलिदिएको । उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग  गरेको । 

दिप बहादुर तामाङ मार्फत् १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको । 

सुनिल कुमार नेपाली मार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको । 

वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको ।

निज राजन श्रेष्ठलाई मिति २०८१।०१।२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाण्डौं कामनपा २९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको । 

नारायण बहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डे (कामना सेवा विकाश बैंक) को खातामा रकम जम्मा गर्न लगाउने गरेको  ।

वास्तविक नारायण बहादुर राई लाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५/१६ वर्ष अगाडी हराएको र विगत ३ वर्ष देखि पठाओ(मो.सा.) चलाई जिबिका चलाउने सामान्य व्यक्ति रहेको र निजले हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी  दर्ता नगरेको  खुल्न आएको ।

प्रकाशित: May 03, 2024| 13:05 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्