शुक्रबार, पुस ११, २०८२

जो बाउछोरासँग पालैपालो पराजित भए

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- २०७९ मंसिर ४ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ११४ मतमात्र कम पाएका थिए।

National life

नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत हात पारेका थिए। खड्काले नेम्बाङले जितेका विषयमा छानबिन गर्न निर्वाचन आयोगमा उजुरी पनि दिएका थिए। तर त्यसको सुनुवाइ भएन।

सांसद नेम्बाङको २०८० भदौ २५ गते निधन भयो र उक्त निर्वाचन क्षेत्र खाली हुन पुग्यो। खाली भएको क्षेत्रमा २०८१ वैशाख १५ गते उपिनर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गर्‍यो। दलहरु उम्मेदवार चयनमा जुटे। चैत दोस्रो साता एमाले, रास्वपा, राप्रपालगायत दलहरु उम्मेदवार टुंग्याएर मैदानमा उत्रिसक्दा कांग्रेसलाई भने उम्मेदवार टुंगो लगाउनै सकस भइरहेको थियो। कांग्रेस कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो। डम्बर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरिएको थियो।

सभापति शेरबहादुर देउवा निकट मानिएका उनै खड्काले टिकट पाए। अहिलेसम्म त्यो क्षेत्रमा जित निकाल्न नसकेको कांग्रेस चार तारे झण्डा फहराउन लागिपर्‍यो। पार्टीका दुई महामन्त्री निर्वाचन क्षेत्रमै बसेर खटिए। केन्द्रबाट शीर्ष नेताहरु पनि बारम्बार पुगेर भोट मागे। थोरै मतले संसद् छिर्नबाट रोकिएका खड्काले पनि घरदैलोमा कुनै कसर बाँकी राखेनन्। पार्टीको जिल्ला सभापतिसमेत भएकाले कार्यकर्ता परिचालन गर्न पनि उनलाई सजिलो थियो। 

खड्का निर्माण व्यवसायी हुन्। उनी शेखर कोइराला पक्षधर भेषराज आचार्यलाई हराउँदै जिल्ला पार्टी सभापति बनेका थिए। 
निर्वाचन न हो, परिणाम सधैं अपेक्षित कहाँ हुन्छ र। नेकपा एमालेका युवा नेता तथा सुवासकै छोरा सुहाङ नेम्बाङलाई चुने जनताले। पहिले बुबासँग हारेका डम्बर अहिदे छोरासँग पराजित हुन पुगे। एमालेले आफ्नो विरासत जोगाएरै छाड्यो। 

Laxmi sunrise bank
kumari

सुहाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा खड्काले २१ हजार ९४२ मत पाए। यसपल्ट मतान्तर बढेर ५ हजार ८३० हुन पुग्यो। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू पाँच हजार ५० मतसहित चौथो भए। 

इलाम-२ नेकपा एमालेले जित्दै आएको क्षेत्र हो। उक्त क्षेत्रमा २०५६ सालदेखि एमालेका सुवास नेम्बाङले जित्दै आएका थिए। सोही कारण पनि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो। सुहाङलाई भोट माग्न एमाले अध्यक्ष केपी ओली दुईपटक इलाम पुगेका थिए।

 

प्रकाशित: Apr 30, 2024| 06:30 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्