शनिबार, जेठ १६, २०८३

जब ओलीले क्यामेराको आरती उतारे

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो केहीबेरका लागि बहालवाला प्रधानमन्त्री भए। उनी रियलमा नभएर रिलमा प्रधानमन्त्री बनेका हुन्। 

National life

कलाकार रमित ढुंगानाले निर्देशन गरेको चलचित्र ‘नमेटिने घाउ’ मा ओलीले प्रधानमन्त्रीको भूमिका निभाएका हुन्। सो चलचित्रको सुटिङ आज एमालेको पार्टी कार्यालय च्यासलमा भएको थियो। सुटिङका लागि ओलीले ११ बजेको समय दिएका थिए। तर, उनी साढे ३ बजेतिर मात्र च्यासल पुगे। 

ओलीलाई कुर्दाकुर्दा थाकेको सुटिङ टिम उनी आउनासाथ सक्रिय बन्यो। सुरुमा उनको हल्का मेकअप भयो। निर्देशक ढुंगानाले ओलीलाई उनको भूमिका र खिचिने सटबारेमा ब्रिफिङ गरे।

त्यसपछि ओलीले क्यामरामा धुपबत्ती गरे अनि सुटिङ सुरु भयो। पहिलो सटमा ओली आफ्नो कार्यकक्षबाट हिँडेर मिटिङ हलमा प्रवेश गरेको दृष्य खिचियो। यो दृष्य दुई टेकमा ओके भएको थियो। मिटिङ हलमा प्रधानमन्त्रीलाई भेट्न एसिड पीडितहरू पर्खिरहेका थिए। उनीहरूसँग ओलीले गरेको संवाद आज सुटिङ गरिएको थियो।

यो चलचित्रमा ओलीसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि खेलाइएको छ। नेपालको सुटिङ केही दिनअघि भएको थियो। एसिड पीडितको कथामा यो फिल्म बनेको हो।

Shivam cement

प्रकाशित: Apr 23, 2024| 20:08 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्