शुक्रबार, असार ५, २०८३

विवाहबाट फर्किएका ९ जनाको सडक दुर्घटनामा मृत्यु

 |  आइतबार, वैशाख ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ९, २०८१
National life
Shivam cement

भारत राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ। दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २:४५ बजे भएको थियो।

भोपालको डुंगरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन्। दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: Apr 21, 2024| 10:50 आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्