शुक्रबार, पुस ११, २०८२

सन्दीपको मुद्दाको आज पेसी

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज सोमबार उच्च अदालत पाटनमा पेसी रहेको छ। जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि उनी उच्च पुगेका थिए।

National life

लामिछानेलाई गत १३ पुसमा निरन्तरको बहसपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो। जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि किशोरी नाबालिग नरहेको फैसला गरेको थियो। २५ पुसमा उनलाई अदालतले ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि सन्दीप गत १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। त्यस्तै, १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा पुगेको थियो।

त्यसपछि अदालतले गत २३ फागुनमा औपचारिक रूपमा मुद्दालाई प्रवेश दिँदै आज (३ वैशाख) का लागि पेसी तोकेको हो। उच्च अदालत पाटनका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई नियमअनुसार जानकारी गराउन आदेश दिँदै आजका लागि पेसी तोकेको थियो।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 15, 2024| 10:22 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्