आइतबार, असार ७, २०८३

हिँडेरै अस्पताल गएकी युवतीको मृत्यु भएपछि...

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं- सुर्खेतमा हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन्।

National life

उनी सामान्य चेकजाँचका लागिमात्रै अस्पताल सुर्खेत गएकी थिइन्। वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या देखियो। त्यसपछि उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने विचार गरिन्।

बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन्। हिँडेर आफैं अस्पताल पुगेकी थिइन् उनी। अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए।

अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले बताएका छन्। अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो। परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाइ छ। डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन्।

भीमाको मृत्यु भएसँगै अस्पताल परिसर तनावग्रस्त छ भने परिवारले शव बुझ्न मानिरहेका छैनन्। उचित क्षतिपूर्तिसहित छानबिनको माग आफन्तहरूले गरेका छन्।

Shivam cement

 

 

प्रकाशित: Apr 12, 2024| 10:46 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्