बुधबार, भदौ १०, २०८३

कर्णालीमा एक साताभित्र नयाँ सरकार गठन गर्न आह्वान

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ। मुख्यमन्त्री रामकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई एक साताको समय दिएका हुन्।

मुख्यमन्त्री शर्माले बुझाएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख तिलक परियारले अर्को सरकार नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी पनि दिएका छन्।

प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री शर्माले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका थिए। सो राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख परियारले अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्मको लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका छन्।

प्रकाशित: Apr 03, 2024| 19:09 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्