बिहीबार, भदौ ११, २०८३

गण्डकीमा नयाँ सरकार गठनको आह्वान

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

गण्डकीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि आह्वान गरेका छन्।

बुधबार प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत्र २७ गते मंगलबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन्।

साथै, अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम यही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्न प्रदेश प्रमुखले जनाएका छन्।

आज बिहानमात्रै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुख भट्टसमक्ष लिखित राजीनामा बुझाएका थिए।

प्रकाशित: Apr 03, 2024| 14:32 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्