आइतबार, चैत २९, २०८२

त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता युवक मृत भेटिए

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव भेटिएको हो।

National life

उनको शव बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको छ।

गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो। बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो।

मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ। दुर्घटनामा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

प्रकाशित: Apr 03, 2024| 13:22 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्