आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशंकामा युवक पक्राउ

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशंकामा युवक पक्राउ

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

सर्लाही- सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन्। मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन्। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको थियो।

National life

प्रहरीले घटना शङ्कास्पद देखिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको हत्या भएको शङ्का लागेकाले अनुसन्धानका लागि एक युवकलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो। प्रहरीले सिसी क्यामेराका आधारमा अनुसन्धान गर्दा अन्दाजी २८/३० वर्षका युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

अनुसन्धान नसकिएकाले युवकको परिचय गोप्य राखिएको प्रहरीले जनाएको हो। वृद्धाको शव शवपरीक्षणका लागि जिल्लास्थित प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 03, 2024| 13:21 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्