आइतबार, चैत २९, २०८२

अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिए

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्।

National life

मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक गरेका थिए। नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो।

बहुमतका लागि गण्डकीमा ३१ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री पाण्डेले बिहीबारभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर बहुमत आउने नदेखेपछि पाण्डेले पदबाट राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेस संसदीय दल नेता हुन्। गण्डकीमा कांग्रेस ठूलो दल हो। यहाँ कांग्रेसका २७ सांसद छन्।

नेकपा (एमाले) का २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन्।

kumari

नयाँ गठबन्धनले सरकार बनाउन नसके ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री दाबी गर्ने तयारी पाण्डेको छ।

पाण्डे २०८० वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसबेला उनलाई कांग्रेससहित माओवादी र स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) ले समर्थन गरेका थिए।

प्रकाशित: Apr 03, 2024| 11:51 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्