बिहीबार, भदौ ११, २०८३

इलाम-२ मा उपनिर्वाचनका लागि तोकियो मुख्य निर्वाचन अधिकृत

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

इलाम- प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो। 

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ। 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा  खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ। इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन्। निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ।

प्रकाशित: Apr 03, 2024| 10:54 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्