बिहीबार, भदौ ११, २०८३

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

 |  मंगलबार, चैत २०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २०, २०८०

काठमाडौं- माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो।

रामेछाप घर भई काठमाडौंको कोटेश्वरकमा व्यापार गरि बस्दै आएका श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध छ। खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ। 

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्।

२०६५ सालमा श्रेष्ठको अपहरणपछि हत्या भएको थियो। २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो। २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए।

प्रकाशित: Apr 02, 2024| 16:34 मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्