सोमबार, वैशाख २४, २०८१

निःसन्तान समस्या किन बढ्दैछ ? 

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

झापा- बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन्। जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव र कतिपय दम्पत्तीको स्वास्थ्यका कारण निःसन्तानको समस्या देखिएको चिकित्सकहरुको भनाइ छ।

triton college

दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ॐ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउछन्। उनका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ। तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात् बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको पनि हुजदारले सुनाए।

उनले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यही नै हो भन्ने यकीन अझै नहुन नसकेको बताउछन्। यो अलि अप्ठ्यारो विषय पनि भएको बताउँदै उनले भने, ‘दम्पतीमा निःसन्तान हुने समस्या नेपाली समाजमा बढेको छ, यसमा हाम्रो ध्यान पुग्न सकेको छैन।’ ॐ मेची अस्पताल प्रसूति सेवामात्र उपलब्ध गराउँदै आएको जिल्लाकै एक पुरानो स्वास्थ्य संस्था हो। सो अस्पतालमा डा हुजदारसहित अर्का स्त्रीरोग विशेषज्ञ डा निरञ्जनसिंह बोगटीसहितका आधा दर्जन चिकित्सकको टोली संलग्न छ। सो अस्पतालले मासिक पाँच सय सङ्ख्यामा प्रसूति सेवा दिँदै आएको अस्पतालका अध्यक्षसमेत रहेका डा बोगटी बताउछन्। उनका अनुसार परीक्षणमा आएका करिब १५ प्रतिशत जतिमा दम्पतीमा बाँझोपनाको समस्या देखिएको छ।

जीवनशैलीमा आएको परिवर्तन, पत्रुखानाको सेवन, मदिरापान, सुर्तिजन्य पदार्थको सेवन र असुुरक्षित यौनसम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको बताए। किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्कका कारण पटकपटक गर्भ तुहाउने, यौन रोगलगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उनको भनाइ छ। उनले सन्तान जन्माउने उमेरमा बिहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किँदा बिहे गर्ने कारणले पनि दम्पतीबीच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताए।

निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने उनी बताउछन्। निःसन्तान हुन कसैको दोष नभएर आफ्नै समस्याका कारण यस्तो समस्या हुँदै आएको भए पनि अब भने निःसन्तान हुनु नपर्ने तथा स्वास्थ्य उपचारका वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उनको भनाइ छ।

corrent noodles
Metro Mart

निःसन्तानका लागि शिविर
दमकको ॐ मेची अस्पतालले निःसन्तान दम्पतीका लागि लक्षित गरी बर्सेनि निःशुल्क स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिआएको छ । भारतको सिलगुढीस्थित न्यूलाइफ फर्टीलिटी सेन्टरको प्राविधिक सहयोगमा अस्पतालले विगतका वर्ष झैँ यस वर्ष पनि यही चैत ३० मा एक दिने परामर्श शिविर सञ्चालनको तयारी गरिरहेको अस्पतालले जनाएको छ।

अस्पतालका सञ्चालक डा हुजदारले न्यूलाइफ फर्टिलिटीका दक्ष चिकित्सकको प्राविधिक टोलीले निःसन्तान अभिभावकलाई लक्षित गरी परामर्श शिविर सञ्चालन गरिएको जानकारी दिए। न्यूलाइफ महिला तथा पुरुषमा हुने बाँझोपन स्वास्थ्य निदानका लागि भरपर्दो स्वास्थ्य संस्था मानिन्छ।

ॐ मेची अस्पतालमा यस किसिमको स्वास्थ्य शिविर यो तेस्रो हो। शिविरबाट यस क्षेत्रका निःसन्तान अभिभावकले आफ्नै ठाँउमा यस किसिमको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन शिविरको आयोजना गरिएको बताए। शिविरमा फर्टिलिटी सेन्टरका डा प्रसेन्जीतकुमार रोय ,डा सेफली वंशल माधवलगायतका चिकित्सक संलग्न हुनेछन्।

प्रकाशित: Apr 03, 2024| 07:01 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्