आइतबार, पुस १३, २०८२

निर्माणको क्रममा ढलेको बाईटार-चिपटार पुलको 'टावर' ठड्याइयो

 |  मंगलबार, चैत २०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २०, २०८०

खोटाङ- निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका-१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुंगे पुलको टावर ठड्याइएको छ।

National life

पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो। निर्माण कम्पनी नेपाल फूलबारी-स्वर्णीम-अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो। स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि काम सुरु गरेको थियो। टावर ढलेयता पुलको काम रोकिएको थियो।

निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न अनुरोध गरेका थिए। प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाख रूपैयाँमा पुल निर्माणको काम सुरु भएको थियो।

झोलुंगे तथा पक्की पुल अभावमा साविकको डिकुवा-३ बाईटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका एक सय १० परिवार डुङ्गा चढेर नदी वारपार गर्न बाध्य छन्। उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो।

प्रकाशित: Apr 02, 2024| 22:01 मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्