आइतबार, पुस १३, २०८२

भेरी करिडोरको सतह चाँडै छिचोलिने

 |  सोमबार, चैत १९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १९, २०८०

सुर्खेत- भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ। करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याकमाथि नै यातायातका साधन सञ्चालन भइरहेका छन्।

National life

भेरी करिडोर आफैले सतह काट्न लागेको करिडोरका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए। दुनैदेखि ल्यासिक्यापसम्मको सडकमा निर्माण व्यवसायीले काम सुरु गरेका छन्। बीचमै काम छाडेर अधुरै रहेको यो सडक खण्डमा पुनः काम प्रारम्भ भएको हो। डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल तथा सुरक्षा निकायको टोलीले उक्त सडक खण्डको अनुगमन गरेर काममा तीव्रता दिन निर्देशन दिएको छ। बीचैमा काम छाडेमा ठेक्का तोडिने आयोजना प्रमुख रञ्जितकारले बताए।

तल्लुस्थित भेरी नदीको बेलिब्रिज पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। उक्त पुल निर्माण हप्ता दिनभित्रै पूरा हुने आयोजनाले जनाएको छ। सो क्षेत्रमा अन्य पाँच पुलको काम भने बाँकी नै छ।

भेरी करिडोरको ६२ किलोमिटरमा कालोपत्र गर्न हाललाई बजेट अभाव भएको आयोजना प्रमुख रञ्जितकारले बताए। 'चालु आर्थिक वर्ष २०८०/८१ मा रु ५० करोडको बजेटमार्फत काम भइरहेको छ', उनले भने।

ठेक्का लिने तर बीचमै काम छाड्ने गरेका कारण करिडोरको काम समयमै सम्पन्न हुन नसकेको हो।

Laxmi sunrise bank
kumari

सडक जतिसक्दो चाँडो निर्माण हुनेछ, त्यति नै छिटो जाजरकोट र डोल्पामा निर्माणाधीन विकास निर्माणका कामले गति पाउने छन्। यसबाट जगदुल्ला जलविद्युत् आयोजना, नलगाड जलविद्युत् आयोजना, ताक्सुगाड जलविद्युत् आयोजनालगायतको काममा सहज हुने बताइएको छ। रासस

प्रकाशित: Apr 01, 2024| 21:01 सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्