बिहीबार, भदौ ११, २०८३

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

 |  सोमबार, चैत १९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १९, २०८०

काठमाडौं- प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ। 

संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Apr 01, 2024| 11:55 सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्