आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री दाहाल

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री दाहाल

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

काठमाडौं- प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्।

National life

माओवादी पार्टीका मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताएका हुन्।

‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,’ उनले भने, ‘अर्थतन्त्र चलायमान र दबाबमुक्त पनि भएको छ ।’ 

नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउने गरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । 

उनले आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराखिने बताए। 

Laxmi sunrise bank
kumari

आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘मधेश प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यसपटक मधेशमा नयाँ हुन्छ ।’

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको दाबी गर्दै उनले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए।

‘मिटरब्याजपीडितका समस्या समाधानतर्फ गएको छ, नागरिकतासम्बन्धी समस्या समाधान भएका छन् र भुटानी शरणार्थी एवं सुनकाण्डजस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले सरकारको सकारात्मक अभियानलाई जनतासम्म लैजान पार्टी नेताहरूलाई निर्देशनसमेत दिए।

प्रकाशित: Mar 31, 2024| 16:16 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्