बिहीबार, भदौ ११, २०८३

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

सुर्खेत- कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन्। 
    
मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए। 

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ। योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन्। 

प्रकाशित: Mar 31, 2024| 15:40 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्