आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • धादिङमा पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति, किसान चिन्तित

धादिङमा पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति, किसान चिन्तित

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

मलेखु- धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ। उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन्। वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरैमै सखाप भएपछि किसान चिन्तित भएका हुन्।

National life

शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका-१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए। उनका अनुसार गंगाजमुना, खनियाबास र रुविभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिना पानीले नष्ट गरेको छ। 

हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौ लगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्‍याएर अर्काे बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताए। 'हुर्कदै गरेको गहुँ, गोड्ने बेला भएको मकै र आलु असिना पानीले नष्ट गरेको छ', उनले भने, 'बारीका ढिलमा भएको रुख घाँसको समेत सिठ्ठा मात्रै बाँकी छ।'

फागुनको पहिलो सातादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ।

मकै र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यस यस क्षेत्रका किसानको खुसी असिना पानीले नष्ट पारिदिएको गंगाजमुना-१ ताजिमग्राङका इमान तामाङले बताए। कृषि पेसामा निर्भर हुँदै आएकाहरुको खुसी पलभरमै निराशामा बदलिएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी असिना पानीले सखाप पारेपछि यहाँका किसानलाई बर्खामा के खाने भन्ने चिन्ता परेको छ। खनियावासको झार्लाङ, रुविभ्यालीको तिप्लिङ र गंगाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात मानिन्छ। रासस

प्रकाशित: Mar 31, 2024| 18:01 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्