आइतबार, पुस १३, २०८२

डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर एकको मृत्यु

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

National life
Laxmi sunrise bank
kumari

डोल्पा- हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेको प्रहरीले जनाएको छ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए।

बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा शनिबार राति ८ बजे मृत्यु भएको उनले बताए। खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उनको निधन भएको हो। उहाँले सँगै लिएका दुई वटा घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 31, 2024| 15:17 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्